७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

निजी र तुच्छ स्वार्थका लागि आफ्नै भविष्यलाई दाउमा नराखौँः मन्त्री भट्टराई


२२ चैत, काठमाडाैँ । संस्कृत पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले निजी र तुच्छ स्वार्थका लागि आफ्नै भविष्यलाई दाउमा नराख्न अनुरोध गरेका छन । शनिबार साँझ समाजिक सञ्जाल फेसबुकमा ४ बुँदे अनुरोध सार्वजनिक गर्दै मन्त्री भट्टराईले भनेका छन ‘मानब जाति, देश, समाज, पार्टी, परिवार र ब्यक्तिको अस्तित्व रहने कि नरहने ? मानव सभ्यता नै समाप्त हुने हो कि ? भन्ने खतरा रहेको अवस्थामा निजी र तुच्छ स्वार्थका लागि आफ्नै भबिश्यलाई दाउमा नराखौ ।’

मन्त्री भट्टराईले यस्तो लेखेका छन

यो सँकटकालीन र बिशेष अवस्था हो
१. यो आम चुनावको प्रचार अभियान होइन । जहाँ एउटा पार्टीले अर्को पार्टीका बिरुद्ध र एउटा उम्मेदवारले अर्को उम्मेदवारका बिरुद्ध आरोप र प्रत्यारोप झै संचार माध्यममा छरपस्ट नहोऔ ।
२. यो पार्टी भित्रका मत मतान्तरलाई सार्वजनिक बहस गरेर पार्टी र मुलुकको एकतालाई कमजोर बनाउने बेला होईन । पार्टीको महाधिबेशन घोषणा भएको छैन् । समयलाई पर्खौ ।
३. मानब जाति, देश, समाज, पार्टी, परिवार र ब्यक्तिको अस्तित्व रहने कि नरहने ? मानव सभ्यता नै समाप्त हुने हो कि ? भन्ने खतरा रहेको अवस्थामा निजी र तुच्छ स्वार्थका लागि आफ्नै भबिश्यलाई दाउमा नराखौ ।
४. आफू बाचौं र मानव जातिको रक्षा गरौ । एकताबद्ध होऔ । जब ढुक्कसँग बाचिन्छ तब कस्ले कस्लाई कार्बाही गर्ने हो गरौला । नियतमा कुनै खोट छैन । असल मनसायले गरेका काममा भुलबस कुनै गल्ती भएको रहेछ भने सहुँला बुझाउँला ।
आजलाई यत्ति !

 

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार १९:३१