८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

कोरोना भाइरसको बिरुद्धमा सरकारलाई सहयोग गर्दै एकजुट भएर लडौँः संयोजक महर


२२ चैत, काठमाडाैँ । अनेरास्ववियूका संयोजक ऐन महरले कोरोना भाइरसको बिरुद्धमा सरकारलाई सहयोग गर्दै एकजुट भएर लड्न अपिल गरेका छन । शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमा अपिल गर्दै संयोजक महरले कोरोनाविरूद्ध मिलेर लड्ने काम इतिहासले तपाईं हाम्रो काँधमा सुम्पेको बताएका छन ।

उनले लेखेका छन ‘आज मानव समाजमा मानवियता र मानवतावादको अवसानले सिङ्गो मानवजाती नै संकटमा पर्दैछ। त्यसैले आउनुहोस कोरोना भाइरसको बिरुद्धमा सरकारलाई सहयोग गर्दै एकजुट भएर लडौं र संकटमा पर्न लागेको मानवजातिको रक्षा गरौं। इतिहासले यो जिम्मेवारी तपाईं हाम्रो काँधमा सुम्पेको छ।’

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार ०९:१०