११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

बलात्कारकाे आराेपमा नुवाकाेटकाे बेलकाेटगढीबाट एकजना युवक पक्राउ


२१ चैत, नुवाकाेट । एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले भोजपुरका एक युवकलाई पक्राउ गरेको छ । बेलकोटगढी नगरपालिका ७ मा सहचालकका रुपमा काम गर्दै आएका भोजपुर पौवादुम्बा –५ का २१ वर्षीय सत्यकुमार राईलाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो ।

प्रतिकात्मक तस्बिर ।

आरोपित राईले बेलकोटगढी, दुईपिपलकी युवतीलाई ललाईफकाई गत सोमबार राति त्रिशूली नदीको किनारमा लगी बलात्कार गरेको भन्दै पीडित पक्षले बिहीबार उजुरी दिएपछि पक्राउ गरिएको थियो ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार २०:३६