१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

पाेखरामा कोरोना संक्रमित नयाँ बिरामी भेटिएका छैनन् : प्रवक्ता देवकाेटा


२१ चैत, काठमाडाैँ । गण्डकी प्रदेशको कास्कीमा कोरोना सङ्क्रमित नयाँ बिरामी नदेखिएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकाेटाले प्रष्ट पारेका छन् । प्रवक्ता देवकोटाले नियमित पत्रकार सम्मेलनमार्फत अहिलेसम्म सातौँ सङ्क्रमित नभेटिएकाे बताए ।

प्रवक्ता देवकाेटाले भने, ‘पोखरामा कुनै पनि पोजेटिभ देखिएको छैन । परीक्षणलाई हामीले प्रदेशमा विस्तार गरेका छौं । मेसिनहरु गएका छन् । त्यहाँ केही कुरा प्रस्ट रुपमा गर्नुपर्ने हुन्छ । अन्त पनि भेरिफाइ भएपछि यो सिस्टमले राम्रो काम गरेको छ कि छैन हेर्न जरुरी छ’ उनले भने,’केही नमूना रि गर्नुपर्ने हुन्छ । कुनै केश संकास्पद भयो भने पुन परीक्षण हुन्छ । दोहोरो भयो भन्ने कुरा आइरहेको छ तर भेरिफाइ गर्नका लागि केहीको पुन परीक्षण गर्ने काम भएको हो ।’

देवकाेटाले यस्तो विषयमा सरकारले पुष्टि गरेको कुरालाई मात्र विश्वास गर्न र पुष्टि भएपछि मात्र समाचार प्रवाह गर्न पनि सञ्चारमाध्यमलाई आग्रह गरे ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार १६:३४