१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

बहराइनमा रहेका थप ९ जना नेपालीमा कोरोनाकाे सङ्क्रमण


२१ चैत, काठमाडाैँ । बहराइनमा रहेका थप ९ जना नेपालीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । बहराइनकाे साल्माबादस्थित एक क्याम्पमा रहेका विदेशी नागरिकलाई सङ्क्रमण देखिएपछि त्यहाँ कार्यरत ४ सय जनालाई क्वारेन्टाइनमा राखेर गरिएको परीक्षणमा ९ जना नेपालीलाई कोरोना सङ्क्रमण देखिएको बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले जानकारी दिनुभयो ।

योसँगै बहराइनमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या १२ पुगेको छ । यससघि सङ्क्रमण भएका ३ जनाको अवस्था भने स्थिर रहेको राजदूत सुन्दासले बताउनुभयो । सङ्क्रमणको आशंकामा एक जना नेपाली अहिले क्वारेन्टाइनमा रहेका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार १६:२६