१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

राष्ट्रपतिले जनताकाे चासाे लिनु नाजायज भए जायज कुराकाे परिभाषा केः पूर्वमन्त्री बाँस्काेटा


२० चैत, काठमाडाैँ । पूर्वमन्त्री गोकुल बाँस्कोटाले राष्ट्रपतिले जनताको चासो लिनु पनि नाजायज हो भने जायज कुराको परिभाषा के होला भन्दै प्रश्न गरेका छन् । पूर्वमन्त्री बाँस्कोटाले बिहिबार सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस् लेख्दै त्यस्तो प्रश्न गरेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाले आक्रान्त बनाएको अमेरीका र अष्ट्रेलियामा रहेका नेपालीहरूको बारेमा चासो व्यक्त गरेपछि सामाजिक सञ्जालहरूमा आलोचना भएको थियो ।

पूर्वमन्त्री बाँस्काेटाले लेखेका छन्ः “देशकाे रास्ट्रपतिले जनताकाे चासाे लिनु पनि नाजायज हाे भने जायज कुराकाे परिभाषा कस्ताे हुन्छ हाेला ? हुन त मेराे यहि कुरा नै ‘ कतिपय ‘मेरा परममित्रहरूलाई दिनभरकाे गरम मसला बन्ला । तर पनि मनकाे कुरा भनेकाे नि।”

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार १३:२८