१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

कोरोना भाइरसको प्रभावः जापान प्रवेशमा थप ४९ देशका नागरिकलाई रोक


२० चैत, काठमाडाैँ । कोरोना भाइरस (कोभिड-१९)को प्रभावका कारण जापान सरकारले थप ४९ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ । जापानले कोरोना भाइरसबाट सङ्क्रमित व्यक्ति आफ्नो देशमा प्रवेश नगरुन् भन्ने उद्देश्यले रोक लगाएको देशको संख्या ७३  पुगेको छ ।

जापानका प्रधानमन्त्री सिन्जो आवेले थप ४९ देशका नागरिकलाई जापान भित्रिन प्रतिबन्ध लगाइएको घोषणा गरेका हुन । आवेको घोषणामा प्रतिबन्ध लगाइएका देशहरुमा अमेरिका, क्यानडा, चीन, दक्षिण कोरिया, दक्षिण पूर्वी एसियाका सात देश रहेका छन । राजधानी टोकियोमा बुधबार कोरोना भाइरसबाट सङ्क्रमित थप ६५ जना भेटिएपछि प्रधानमन्त्री आवेले अत्यावश्यक बाहेकका भ्रमणहरु नगर्न सबैलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार ०८:०६