१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

डिजेल-पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँले घट्यो


१९ चैत, काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्राेलिएम पदार्थकाे मुल्य घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएपछि पेट्रोलियम पदार्थको मूल्य घटेकाे हाे ।

ईन्डियन आयल कर्पोरेशनबाट १ अप्रिल २०२० मा प्राप्त मूल्यअनुसार आयल निगम संचालक समितिको बुधबार बसेको बैठकले राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजल/मटितेलको साविकको खुद्रा विक्री मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको हाे ।

पेट्रोलको खुद्रा विक्री मूल्य ९६ रुपैयाँ कायम भएको छ भने र डिजेल र मटितेलको खुद्रा विक्री मूल्य ८५ रुपैयाँ प्रतिलिटरमा झरेको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार १९:२५