१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

भ्रम सिर्जना गर्नेप्रति रिमालको टिप्पणीः सतहमा देखिने नाम त “मोहोरा” वा “भाडाका माल” न हुन !


१९ चैत, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले अप्रमाणिक बिषयलाई ‘शंका’ भन्दै चारित्र हत्या गर्ने गरी समाचार लेख्नु ‘युद्ध-अपराध’ जस्तै अक्षम्य अपराध रहेको उल्लेख गरेका छन । बुधबार बिहान सामाजिक सञ्जाल प्रयोगकर्ता महेन्द्र श्रेष्ठको स्टाटस सेयर गरेर त्यसमाथि आफ्नो प्रतिक्रिया जनाउँदै प्रमुख सल्लाहकार रिमालले भनेका छन ‘यो ‘युद्ध-अपराध’ जस्तै अक्षम्य अपराध हो ।’

प्रमुख सल्लाहकार रिमालले लेखेका छन ‘असम्बन्धितको सन्दर्भमा मात्रै हैन, सम्बन्धितका सम्बन्धमा पनि अप्रमाणिक बिषयलाई ‘शंका’ भन्दै चारित्र हत्या गर्ने हक कसैलाई पनि छैन। ‘दाँयाँ र बांयाँ’तिरका, राजनीतीको नाममा संधै षड्यन्त्रमा संलग्न हुने तत्वहरु यस्तो कर्ममा जोडिने गरेका छन, सतहमा देखिने नाम त “मोहोरा” वा “भाडाका माल” न हुन ! यी सबै कुराको समयले हिसाव किताव गर्ला नै ।’

त्यसअघि महेन्द्र श्रेष्ठले यस्तो लेखेका थिए ‘मिडियामा जे र जसरी पनि लेख्न मिल्छ ? साँचो र झुठोको लागि प्रमाण पेश गर्नु पर्दैन ? राजनीतिसँग कुनै सरोकार नै नराख्ने स्वतन्त्र व्यक्ति-कसैको छोरा, भाइ, नातेदार आदि भएकै कारणबाट मुछिनु र फोटो सहित समाचारमा आउनु कति न्याय संगत छ ?’

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार १३:२१