१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

कोरोनाविरूद्धको सरकारी अभियानको प्रशंशा गर्दै पूर्वराजाले दिए २ करोड सहयोग


१८ चैत, काठमाडौं । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थापना गरेको कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहले २ करोड योगदान गर्ने घोषणा गरेका छन । मंगलबार पूर्वराजाले सन्देश जारी गर्दै हिमानी कोषमार्फत २ करोड योगदान गर्ने घोषणा गरेका हुन् ।

सन्देशमा भनिएको छ ‘आपत-विपद्को घडीमा सबैका साथमा साथ दिँदै हाम्रो तर्फबाट हिमानी कोषलाई रू २ करोड दिई नेपाल सरकारको ‘कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष’ मा दाखिला गर्न बुझाएका छौं । यस कार्यले पनि केही सहयोगी भूमिका रहने विश्वास लिएका छौं ।’

उनले राहत, उद्धार र ब्यवस्थित बन्दोबस्त जुटाउन सरकारबाट भइरहेको कामको प्रशंसा गर्दै पूर्वराजाले अझै प्रभावकारी बनाउन अपील गरेका छन् । उनले साथै लकडाउन बाध्यात्मक अनिवार्यता भएको भन्दै यसकोे पालनामा गैह्र जिम्मेवार हुने छुट कसैलाई नभएको बताएका छन ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलवार १९:३६