११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

सरकार ! दलाल र व्यापारीले चलाएका मिडियाको समाचार हैन नागरिकको कुरा सुन


-किरण देउजा

यतिखेर सरकारमाथि चौतर्फी आक्रमण भएको छ । यो आक्रमणको केन्द्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मन्त्री भानुभक्त ढकाल देखिका छन । दलाली गरेर अकुत कमाउन पल्किएका केही मिडियाका व्यापारीले यो योजनावद्ध आक्रमणमा लगानी गरिरहेका छन । यसमा शायद कसैको दुइमत नहोला । अहिले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना रोकथाम र नियन्त्रणका लागि विभागिय मन्त्रीको रूपमा भानुभक्त ढकालले जे गरिरहका छन । शायद त्यही ठाउँमा अर्को मन्त्री भएको भए पनि यति काम गर्न सक्ने थिएनन् ।

नेपालमा कोरोनाले व्यापक रूप ग्रहण गर्न नपाउनुमा यही सरकारको पहलकदमी र सुझबुझको निर्णयले काम गरेको छ । र यदि विपद्कै अवस्था आइलागेमा पनि त्यससँग जुध्नका लागि जुन तयारी सरकारले गरेको छ यत्तिको तयारी कोरोनाले पूरै आक्रान्त बनेको अमेरिका र युरोपियन मुलुकल समेत गर्न सकेका छैनन् । विकसित भनिएका र विश्वशक्त मनिएका त्यस्ता मुलुकले भन्दा बढी तयारी हाम्रो नेपालमा भएको एउटा अशल नागरिकको हिसाबले मैले देखेको छु ।

अहिले स्वास्थ्य मन्त्रालयले खरिद गरेको स्वास्थ्य सामाग्रीको विषयलाइ लिएर कमिसन खान चाहेर पनि नपाएको एउटा समूह न्वारदेखिको बल लगाएर रूवाबासी मच्चाउँदैछ । म आफैँ पत्रकारिता समेत पढेको र हाल सबै सञ्चार माध्यमको समाचार सुक्ष्म ढंगलले अध्ययन गर्दै आएको मैले स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचार हैन कमिसना खान नपाएर दलालीहरू छटपटाएकोमात्र देखिरहेको छु । यही आधारमा यहाँ केही तथ्यगत कुरा राख्दैछु ।

-मुल्य निर्धारण माग र आपुर्तिकाे बिचमा हुन्छ। सँगै उक्त सामग्री कति उत्पादन भएको छ ? त्यो पनि हेर्नुपर्ने हुन्छ ।

-विश्व बजारमा अहिले स्वास्थ्यकर्मीहरुले प्रयोग गर्ने सामग्री कति छ ? उत्पादन कति भएको छ ? लेखाजोखा गर्नुस, सामान महँगो भयो या सस्तो भयो आफै बुझ्नुस । (अमेरिका जस्तो देशमा त पिपिइ, एन ९५ मास्क आदि अभाव छ)

-मानौ, ती सामग्रीहरु ल्याउदा घोटाला भयो रे !
यदि घोटाला भएको रहेछ भने, प्रमाण सहित सम्बन्धीत निकायमा उजुरी गर्न पाईन्छ । आत्तिनु पर्दैन, महामारी सकिन दिनुस । उजुरी, धर्ना, जुलुस, चक्काजाम जे गरेनी हुन्छ । पहिले कोरोना लागेकालाइ उपचार गर्न दिनुस, महामारी अन्त्य हुन दिनुस ।

-हरेक चिजमा कमिसन खान पलेकाहरुले, अरुले सफा नियत/मनासयले काम गर्दा, आफैंले कमिसन खाएको सम्झेर केही आफुनिकटलाई परिचालित गर्नु कुनै नौलो कुरा होईन ।

-१४ जना दलाल ब्यापारी अनि तिनीहरु पालेका केही अनलाइनवालाको को कुरा सुन्ने कि, आमजनताको । ब्यापारीले आफ्नोमा कुनै सामान सकियो भने त, बजारमा यो सामग्री पाईदैन् भन्छन् । झन ती ब्यापारीहरुले सामान महंगोमा बेच्न नपाएको रिस पोख्दैछ्न् ।

-नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको बेमौसमी प्रस्ताव र केहि मिडिया हाउसहरुको मिसन उस्तै-उस्तै छ। मिलाएर बुझ्नुपर्छ। “खहरे” प्रवृत्ति प्रती विश्वास भएको भए आज “झोर्ले” जस्ता “अनलाइन पोर्टलहरु”लाई जनताहरुले पलपलमा हेरेर/पढेर बस्थे। लाईक/कमेन्ट/सेयर आदि गरिरहेका हुन्थे ।

-मिडियामा आएको सबै कुरा विश्वास गरिहाल्नु पनि हुन्न । धेरै मिडिया कपि/पेस्ट गर्छन् । तिललाई पहाड अनि पहाडलाई तिल बनाउन उद्दत छन् । तर यसो भन्दैमा सबै मिडिया खराब छन् भन्न खोजेको होईन। मिडियाले नै जनताहरुलाई धेरै कुराको जानकारी दिन्छन् । हिजो कै उदाहरण हेर्नुस न : २०७४ सालमा #हिमाल मिडियाले लेखेको कुरा हाम्राकुरा डट कम भन्नेले हुबहु सारेर, शीर्षकमा केही राखेर समाचार प्रकाशित गरे जस्तै, धेरै मिडियाहरुको धन्दा छ।

अत: कुनै घोटाला/भ्रष्टाचार/जबर्जस्त करणी/नैतिक पतनको आरोप लागेको समाचार आउदैमा, आँखा चिम्लेर समर्थन/विरोध गरिहाल्नु हुन्न। १/२ दिन कुर्दा सारा चिज किल्लोर हुन्छ। केही समयपछि समर्थन/विरोध गरेको समाचार आफैले पढ्दा कुरिकुरी नहोस। र, कुनै भाडोमा पानी आधा छ भने विभिन्न कोण बाट विश्लेषण गर्न सकिन्छ। एउटा मात्र दृष्टिकोण बनाउदा प्रतिपादक हुन्छ। आफैलाई हानी गर्छ। आगे आपको मर्जी।

लेखक अनेरास्ववियूका पूर्व केन्द्रीय सदस्य हुन । देउजा फेसबुकट्वीटरमा पनि भेटिन्छन ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार २०:०२