१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

लकडाउनको बिरोध गर्नेलाई जेलको यातना र चिसो सिँढी सम्झाउँदै नेकपा सचेतक चौधरी


१७ चैत, काठमाडाैँ । लकडाउन र सरकारको विरोध गर्नेप्रति नेपाल क्युनिस्ट पार्टी (नेकपा) की सचेतक शान्ता चाैधरीले जेलको यातना सम्झना अनुरोध गरेकी छिन । कोरोना रोकथामका लागि सरकारले गरिरहेको प्रयासको उच्च प्रशंशाा गर्दै अाएकी सचेतक चाैधरीले लकडाउनको विरोध गर्नेका नाममा सामाजिक सञ्जाल मार्फत कटाक्ष गरेकी हुन ।

उनले भनेकी छिन ‘१४ दिन घरमा बस्दा हामी सबैले एउटा महसुस गर्ने छौं, १४ वर्षसम्म कालारात्री व्यवस्थाका बिरुद्ध जेल बस्दा कति गार्‍हो भयो होला ? घरमा बस्दा धेरै त हामी परिवारको साथमा छौं तर जेलमा यातना साथमा हुन्थ्यो , बास बस्ने चिसो छिंडी , न सुत्ने ओछ्यान न ओड्ने सिरक । अनावश्यक टिप्पणी गर्नेहरुले एकपटक ठण्डा दिमागले सोचौं त ।’

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार १५:३०