११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

राष्ट्रसंघको शान्ति मिसनमा रहेका प्रमुख सेनानी रिदेश विष्टको निधन


१७ चैत, काठमाडाैँ । संयुक्त राष्ट्रसंघको सुडान मिसनमा खटिएका नेपाली सेनाका प्रमुख सेनानी (लेफटिनेन्ट कर्णेल) रिदेश विष्टको हृदयघातबाट निधन भएको छ ।

‘स्टाफ अफिसर’का रूपमा ९ महिनाअघि सुडान मिसन मुख्यालयमा खटिएका विष्टको सुडानस्थित मिसन मुख्यालय जालिङ्गीमा मृत्यु भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

प्रमुख सेनानी विष्टको शव नेपाल ल्याउने विषयमा छलफल भइरहेको पनि निर्देशनालयले जनाएको छ । निश्चित प्रक्रिया पूरा गरेर मात्र संयुक्त राष्ट्रसंघले शव हस्तान्तरण गर्ने भएकाले समय लाग्ने बताइएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार १३:३३