१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

क्वारेन्टाइनमा मदिरा सेवन गरी हाेहल्ला गरिरहेका व्यक्तिद्धारा वडाध्यक्षमाथि कुटपिट


१७ चैत, बैतडी । बैतडीकाे पुर्चौडी नगरपालिका वडा नं ७ का वडाध्यक्ष रामबहादुर ऐरमाथि कुटपिट भएको छ । वडाध्यक्ष रामबहादुर ऐरलाइ सोही वडाका ३७ बर्षीय धर्मानन्द बडुले मदिरा सेवन गरी आइतबार कुटपिट गरेको प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए । वडाध्यक्ष ऐरको अवस्था सामान्य रहेको छ ।

सांकेतिक तस्विर

प्रहरीका अनुसार वडाको ग्वाल्लेक मावि वडलेकमा निर्माण गरिएको क्वारेन्टाइनमा मदिरा सेवन गरी हाेहल्ला गरिरहेका बडुलाइ सम्झाउन खोज्दा बडाध्यक्ष ऐर कुटिएका हुन् ।

यसअघि यही चैत १२ गते राती पुर्चौडी नगरपालिका ५ स्थित कुवाकोट स्वास्थ्य चौकीका अहेब करनसिंह धामी माथि स्थानीय नरेन्द्र जागरीले कुटपिट गरेका थिए ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार १३:२३