११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

निजी विद्यालयले चैत महिनाको शुल्क अभिभाकलाई नै फिर्ता गर्नुपर्ने, यस्तो छ मन्त्रिपरिषद्को निर्णय


१६ चैत, काठमाडाैँ । सरकारले निजी विद्यालयले चैत महिनाको शुल्क लिन नपाउने निर्णय गरेको छ । योसँगै निजी विद्यालयले अभिभावकलाइ एक महिना अर्थात चैतको शुल्क फिर्ता गर्नुपर्ने भएको छ । सरकारले एक महिनाको घरभाडा नलिन घरबेटीहरूलाई पनि आग्रह गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले विद्यालयलाइ एक महिनाको शुल्क नलिन र घरबेटीहरूलाई चैत महिनाको घरभाडा नलिन आग्रहग गर्ने निर्णय भएको जानकारी दिए ।

यस्तै सरकारले कोरोना भाइरस (कोभिड-१९) को रोकथामका लागि चैत २५ गतेसम्म लकडाउन कायमै राख्ने निर्णय पनि गरेको छ । कोरोनाको संक्रमण फैलिन नलिन घोषणा गरेको लकडाउनको अवधि थप गरेको मन्त्री खतिवडाले बताए । खतिवडाका अनुसार मन्त्रिपरिषद्ले २५ गते राति १२ बजेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यसअघि सरकारले एक साताका लागि लकडाउन गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आईतवार २१:५३