१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

कोरोना रोकथामका लागि चैत २५ गतेसम्म लकडाउन कायमै राख्ने सरकारको निर्णय


१६ चैत, काठमाडाैँ । सरकारले कोरोना भाइरस (कोभिड-१९) को रोकथामका लागि चैत २५ गतेसम्म लकडाउन कायमै राख्ने निर्णय गरेको छ । कोरोनाको संक्रमण फैलिन नलिन घोषणा गरेको लकडाउनको अवधि थप गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिए । खतिवडाका अनुसार मन्त्रिपरिषद्ले २५ गते राति १२ बजेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यसअघि सरकारले एक साताका लागि लकडाउन गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आईतवार २१:२८