४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

मन्त्रिपरिषद् बैठकमा भाैतिकदूरी कायम, सबै मन्त्री मास्कमा उपस्थित (फोटोफिचर)


१६ चैत, काठमाडौँ । कोभिड-१९ विरूद्ध सम्पूर्ण शक्ति लगाएर काम गरिरहेको सरकारले मन्त्रिपरिषद्को बैठकमा भौतिकदूरी कायम गरेको छ । कोरोनाको त्रासले आक्रान्त भैरहेको समयमा महत्वपूर्ण बैठक र छलफल नरोकी भौतिक दूरी कायम राखी काममा तीव्रता दिँदै आएको छ । उच्चस्तरीय समिति मार्फत काम गर्दै आएको सरकारले आइतबार प्रधानमन्त्री निवासमा बोलाएको बैठकमा भौतिक दूरी कामय गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बैठकमा भौतिक दूरी कायम भएको तस्बीर सार्वजनिक गरेका छन । बैठकमा प्रधानमन्त्री लगायत सबैले मास्क लगाएर बसेका छन ।

थापाले तस्बीरसँगै यस्तो लेखेका छन

मन्त्रिपरिषदकाे बैठक -बालुवाटारस्थित सचिवालय हलमा निर्धारित  गरी प्रधानमन्त्रीज्यू र मन्त्रीज्यूहरूले मास्क लगाएर नै बसेकाे छ । पछिल्लाे समय सधैजसाे बालुवाटारमा बैठक बस्ने गरेकाे प्रधानमन्त्रीज्यूकाे निवास रहेकाे भवनस्थित बैठक कक्षमा स्थानकाे सीमितताले गर्दा पर्याप्त भाैतिक दूरी मिलाउन सकिने गरी ठूलाे हलमा बैठक गर्नुपरेकाे हाे । बैठकका निर्णयहरू अाजै सरकारका प्रवक्ता सूचना तथा संचार एवं अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल टेलिभिजनमार्फत प्रत्यक्ष जानकारी गराउनुहुने भएकाले NTV LIVE पछ्याउन अनुराेध गर्दछु ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आईतवार १८:३८