Logo

मन्त्री ढकाल हिरा हुन, किराहरुले फोहोरले छोप्न खोजे पनि हिरा चम्किन छाेड्दैन : संयोजक महर



१६ चैत, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक ऐन महरले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल मुलुकको लागि हिरा सरह भएको बताएका छन् ।


सामाजिक सञ्जाल तथा केही मिडियामा कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी चिकित्सकलाई आवश्यक पर्ने सामाग्री चीनबाट खरिद प्रकरणमा भ्रष्टाचार भयो भनिरहेको समयमा संयोजक महरले उक्त कुराको कडा रुपमा खण्डन गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै मन्त्री ढकाललाई हिराको रुपमा तुलना गर्दै विरोधी तत्वहरुलाई फोहोरी किरोको रुपमा तुलना गरेका छन् ।

उनले लेखेका छन्, ‘भानुभक्त ढकाल हिरा हुन ! किराहरुले जति फोहोर ल्याएर छोप्न खोजे पनि हिरा चम्किन छोड्ने छैन र एकदिन आफू हिरा नै भएको प्रमाणित गर्नेछ ।’

प्रकाशित मिति : १६ चैत्र २०७६, आईतवार १०:२९
प्रतिक्रिया दिनुहोस्