१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

बेल्जियमबाट नेपाल आएकी बागलुङकी १९ वर्षिया युवतीमा कारोना भाइरसकाे संक्रमण


१५ चैत, काठमाडाैँ । बेल्जियमबाट बागलुङकी १९ वर्षिया युवतीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य  तथा  जनसंख्या मन्त्रालयकाे पत्रकार सम्मेलनमार्फत मन्त्रालयका प्रवक्ता डा. विकास देवकाेटाले बागलुङकी १९ वर्षिया युवतीमा कोरोना भाइरसकाे संक्रमण भएकाे पुष्टि गरे । प्रवक्ता देवकाेटाका अनुसार उनि चैत ४ गते नै कतारकतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएकी थिइन् ।

त्यही विमानमा आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भएको १० चैतमा पुष्टि भएको थियो । त्यसपछि विमानमा सवार १५८ यात्रुको खोजी थालिएको थियो ।

बागलुङ नगरपालिकामा रहेको आफ्नै घरमा रहेकी उनको धौलागिरी अस्पतालमा नमुना संकलन गरिएको थियो । नमुना संकलनपछि उनलाई अस्पतालमै बस्न भनिएपनि आफ्नै घरमा बसेको बताएको छ । तर कोराना भाइरसको संक्रमण पुष्टि भएकी उनलाई सुरक्षित रुपमा काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

 यससँगै नेपालमा काेरनाबाट संक्रमितको संख्या औपचारिक रुपमा पाँच पुगेको छ । उनीहरू मध्ये एक निको भएर घर गइसकेकी छन् भने दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र एकको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार १६:२९