६ बैशाख २०८१, बिहीबार | Fri Apr 19 2024

होम क्वारेन्टाइन उल्लंघन गर्ने नेपाली मकाउको प्रहरी खोरमा, समाचार भाइरल


१४ चैत, काठमाडौँ । कोरोना भाइरसको महामारीले विश्व त्रसित भइरहेको बेला होम क्वारेन्टाइन उल्लंघन गर्ने एक नेपालीलाई मकाउ प्रहरीले पक्राउ गरेको समाचार स्थानीय संचारमाध्यममा भाइरल भएको छ । मकाउमा कोरोनाको पछिल्लो स्थितिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा एक नेपाली कामदारसहित पाँच जनालाई पक्राउ गरिएको समाचार मकाउ न्युज, मकाउ टाइम्स डेलीलगायताका प्रमुख संचारमाध्यममले प्रमुखताका साथ प्रकाशित गरेका छन् ।

सार्वजनिक सुरक्षा प्रहरीअन्तर्गत जनसम्पर्क महाशाखाका प्रमुख लेइ थाक फाइले बुधबार आयोजित पत्रकार सम्मेलनमा पक्राउ परेका नेपालीले सुरक्षा अधिकारीहरुलाई उनको विरणसमेत ढाटेको जानकारी दिए । पक्राउ परेकाको नाम गोप्य राखेपछि नेपाली कामदारको नामका समाचार भाइरले भएको थियो ।

क्वारेन्टाइन उल्लंघन गरेबापत उनले बढीमा ६ महिना जेल बस्नुपर्ने छ भने सरकारी अधिकारीलाई विवरण ढाट्ने कार्यलाई अर्काे अपराध ठहर्याइएको छ । प्रहरीलाई ढाटेबापत उनलाई कस्तो सजाय दिइने भन्ने प्रहरीले खुलाएको छैन ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार १७:०२