११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

अमेरिकामा कोरोना संक्रमितकाे संख्या ८२ हजार पुग्यो, लकडाउनमा जान ट्रम्पले मानेन्


१४ चैत, काठमाडाैँ । अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो तथ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या ८१ हजार ८६४ पुगेको छ । यो संख्या इटाली र चीनको भन्दा बढी हो ।

पछिल्लो पटक भयावह स्थिति सिर्जना भएको इटलीमा भने कुल संक्रमितको संख्या ८० हजार ५ सय ८९ रहेको छ ।चीनमा संक्रमितको संख्या ८१ हजार २ सय ८५ रहेको छ भने नयाँ संक्रमितको संख्या निकै कम रहेको छ । चीनमा कोरोना संक्रमणबाट ३२८७ जनाको मृत्यु भएको छ ।

अमेरिकामा अहिलेसम्म कोरोनाको संक्रमणबाट ११७३ जनाको मृत्यु भएको छ । यद्यपी इटलीमा मृत्युदर निकै उच्च रहेको छ । इटलीमा मृतकको संख्या ८ हजार २ सय १५ पुगिसकेको छ । अमेरिकाको न्युयोर्क कोरोना संक्रमणको नयाँ इपिसेन्टर बनेको छ । न्युयोर्क राज्यमा मात्र ३७ हजार ७ सय ३८ मा संक्रमण भएको छ ।

कोरोनाले भयावह अवस्था सिर्जना गरे पनि अमेरिक राष्ट्रपति डोनाल्ड ट्रम्पले लकडाउन गरेर उपचारमा लाग्न चीनले दिएको सुझाव अस्वीकार गरेका छन । कोरोना संक्रमितको संख्या तीव्र रूपमा बढ्न थालेपछि नागरिकहरू भने अातंकित बनेका छन ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार ०८:१५