१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

कोरोनाको त्रासकाबीच ट्रमा सेन्टरद्वारा नियमित सेवा: घरबाटै सेवा लिने दिनहुँ बढ्दै


१३ चैत, काठमाडाैँ । राष्ट्रिय ट्रमा सेन्टरले कोरोना भाइरसको सम्भावित जोखिमलाई रोक्न सरकारले ‘लक डाउन’ गरेर आउन नसक्ने बिरामीका लागि घरबाटै सेवा लिन सक्ने व्यवस्था गरेको छ ।

राष्ट्रिय ट्रमा सेन्टर प्रमुख मेडिकल सुपरिटेन्डेन्ट सन्तोष पौडेलका अनुसार कोरोना भाइरसको सम्भावित सङ्क्रमणको जोखिम बढेपछि धेरै अन्य अस्पताल बन्द भए पनि सेन्टरले नियमित सेवा दिने र घरमै पनि परामर्श दिने व्यवस्था गरेको बताउनुभयो ।

“नियमित स्वास्थ्य उपचारको व्यवस्था गरेको छ, कोरोना अप्रत्याशित रुपमा आए पनि अस्पतालमा पहिलादेखि नै भर्ना भएका बिरामी र टिकट काटेका बिरामीको उपचार गरिरहेको छ”, उहाँले भन्नुभयो, “हामी सरकारी निकाय पनि हो, हामीले सेवा दिनुपर्छ भनेर सेवा रोकेका छैनौ ।”

सेन्टरले चोटपटक लागेका बिरामीको शल्यक्रिया सेवा नियमित सञ्चालन गरिरहेको छ । चोटपटक लागेका १२ जनाको आज शल्यक्रिया गरेको छ । सेन्टरले पहिला शल्यक्रिया गरेका र आउन नसक्ने बिरामीका लागि ०१–४२२५२७५ हटलाइन नम्बरमा बिहान १०ः०० बजेदेखि अपरान्ह् ४ः०० बजेसम्म सम्पर्क गरेर विशेषज्ञ चिकित्सकबाट पराशर्म दिने व्यवस्था गरेको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार २२:२१