८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

कोरोना उपचारका लागि दोलखामा ५९ बेडको आइसोलेसन वार्ड निर्माण


१३ चैत, दोलखा । कारोना भाइरसलाईको रोकथामका लागि दोलखाका स्थानिय तहहरुले विभिन्न जिल्लाको विभिन्न ठाउँमा ५९ वेडको आइसोलेसन निर्माण गरेको छ । जिल्लाको विभिन्न ठाउँमा कोरोना भाइरसको खतरालाई मध्यनजर गरी ५९ वेडको आइसोलेसन र २१० ओटा क्वारेन्टाइन निर्माण गरेको प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माले बताउनु भयो ।

जिल्लामा हाल स्वाथ्य कर्मीले सुरक्षाको लागि लगाउने पीपीइ ४८ थान थर्मल गन २० थान रहेको छ भने जिल्ला भर २७ ओटा एम्वुलेन्स तयारी अवस्थामा रहेको उहाँले बताउनु भयो । स्थानिय तह अन्र्तगत गौरिशंकर गाउँपालिकाले ६ वेड, शैलुङले ८ वेड, कालिन्चोक र तामाकोशीले पाँच पाँच वेड, वैत्येश्वरले २ वेड, भिमेश्वरले ८ वेड, विगूले १० वेड र जिरीले २ वेड आइसोलेसन निर्माण गरेको छ ।

स्थायिन तहबाहेक जिल्लामा रहेका निजी अस्पतालहरु च्छोरोल्पा अस्पतालले ६ वेड, दोलखा सामुदायीक अस्पतालले २ वेड र धुलिखेल अस्पतलले ५ वेडको आइसोलेसन निर्माण गरेको छ । आइसोलेसन निर्माणका साथै हरेक स्थानिय तहमा औषधी तथा स्वास्थ्य कर्मीको व्यवस्था रहेको र आवश्यकता हरको ठाउँहरुमा समन्वय गरी औषधी उपकरणहरु ब्यवस्थापन गर्ने काम भई रहेको जिल्ला समन्वय समिती दोलखाका प्रमुख डवल पण्डेले बताउनु भयो ।

कोरोना भाइसरको रोकथामका लागि स्थायिन तहमा औषधी उपकरण स्वास्थय कर्मी, आम नागरीलाई जनचेतना लगाएतका हरेक गतिविधीहरु स्थायिन तहले गरि रहेको र फौलन नलिनका लागि आफुहरु सचेत रहेको गाउँपालिका महासंघ वागमती प्रदेशका संयोजक तथा तामाकोशी गाउँपालिका अध्यक्ष इश्वर चन्द्र पोखरेलले बताउनु भयो । दर्पणसञ्चारबाट । 

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार २२:०२