६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

कोरोनाको महामारी चाँडै अन्त्य हुने अपेक्षा छः पूर्व प्रधानमन्त्री खनाल


१३ चैत, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले कोरोनाको महामारी चाँडै अन्त्य हुने अपेक्षा व्यक्त गरेका छन । बिहीबार सामाजिक सञ्जाल फेसबुक मार्फत एउटा अपिल गर्दै पूर्व प्रधानमन्त्री खनालले सम्पूर्ण नागरिकलाइ घरभित्रै बसेर कोरोनाविरूद्ध लड्न अनुरोध गरेका छन ।
उनले फेसबुकमा यस्तो लेखेका छन
नमस्कार!
कोरोना भाइरसबाट बच्नको लागि घरमै बस्नुहोस, साबुन पानीले हात धुनुहोस, हेन्ड सेनिटाइजरको नियमित प्रयोग गर्नुहोस। आशा गरौ महामारीको भय चाँडै अन्त्य हुनेछ।
#HealthyNepal
#घरमैबसौ

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार १३:५६