१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

कम आए भएका श्रमिकको रोजीरोटीको समस्या समाधानमा सबैले सहयोग गरौँः पूर्वमन्त्री विष्ट


१३ चैत, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य एवं पूर्व मन्त्री गोकर्ण विष्टले कम आए भएका श्रमिकको रोजीरोटीको समस्या समाधानमा सबैले सहयोग गर्नुपर्ने बताएका छन । बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत पूर्वमन्त्री विष्टले दैनिक ज्यालादारी गरेर जीवन यापन गर्ने श्रमिकहरूलाई लकडाउने असर पार्ने भन्दै सहयोगको अनुरोध गरेका हुन ।

उनले लेखेका छन ‘Covid-19 ले दैनिक ज्यालादारी गरेर जीवन यापन गर्ने श्रमिकहरूलाई अझ धेरै संकट थपेको छ । अति धेरै जोखिममा रहेका यस्ता श्रमिकहरूको दैनिक रोजीरोटीको समस्यामा सम्बन्धित निकायको ध्यान आकर्षण गर्दछु र जनस्तरबाट समेत आ-आफ्नो ठाउँबाट सक्दो सहयोगको लागि अनुरोध गर्दछु ।’

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार १३:०६