१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

महोत्तरीमा क्वारन्टाइनमा बस्नेकाे संख्या थपिँदै, धमाधम तयार हुँदै शय्या


१३ चैत, महोत्तरी । आफ्नै घरमा स्वास्थ्यकर्मीको निगरानीमा क्वारेन्टाइनमा बस्नेको सङ्ख्या महोत्तरीमा सात पुगेको छ । गत शुक्रबार ९चैत७गते० सउदी एवरवेजबाट घर फर्केका थप दुई जना सम्पर्कमा आएपछि जिल्लामा क्वारेन्टाइनमा बस्नेको सङ्ख्या बढेको हो । सो विमानबाट घर फर्केका जिल्लाका ११ मध्ये पाँच जना दुई दिनपहिलेदेखि नै स्वास्थ्य जाँचपछि क्वारेन्टाइनमा बस्दै आएका छन् ।

साउदी एयरवेजबाट घर फर्केका ११ मध्ये चारसँग सम्पर्क हुन अझै बाँकी छ । चारै जनाको घर ठेगाना र नाम यकिन भइसकेको हुँदा उनीहरुलाई सम्पर्कमा ल्याउन प्रयत्न भइरहेको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिनुभयो । गत शुक्रबार सउदी एवरवेजबाट आएकी एक युवतीमा कोभिड–१९ सङ्क्रमण भएको पुष्टि भएपछि सो विमानबाट आएका अन्यको खोजी थालिएको हो ।

अहिले सम्पर्कमा आएका सबैको स्वास्थ्य स्थिति सामान्य रहेको जनाइएको छ । सबैलाई आआफ्नै घरमा समयसमयमा स्वास्थ्यकर्मीको निगरानी हुने गरी क्वारेन्टाइनमा राखिएको हो । जिल्लामा ‘लकडाउन’ मा कडाइ गरिँदै लगिएको छ । रमिते बनेर सवारी साधन लिई बजार निस्कने क्रमशः घट्दै गएका छन् । जिल्लामा पहिलो दिन गत मङ्गलबार ‘लकडाउन’ अवज्ञा गर्ने २०० भन्दा बढी सवारी साधनलाई चेतावनीसहित छाडिएको थियो । दोस्रो दिन बुधबार सो सङ्ख्या घटेर ९५ मा झरेको र आज बिहीबार भने मुख्य सडकमा सवारी साधन लिएर हिंँड्ने कमै देखिएका छन् ।

यसैबीच कोरोना सङ्क्रमण रोक्न महोत्तरीमा धमाधम क्वारेन्टाइन बनाइँदैछन् । जिल्लामा भारत र अन्य मुलुकबाट घर फर्कनेहरु थपिँदै जाँदा उनीहरुलाई सुरक्षित राख्न क्वारेन्टाइन बनाउन थालिएको हो । बर्दिबास नगरपालिकामा ५५ शय्याको क्वारेन्टाइन तयार भएको छ । बर्दिबास–४ स्थित सशस्त्र प्रहरी बलको दुई नम्बर वाहिनीमा तीन दक्ष चिकित्सक र पाँच स्वास्थ्यकर्मीसहित ३८ शय्या र बर्दिवास–१ स्थित बर्दिबास सेवा समितिको भवनमा दुई दक्ष चिकित्सक र चार स्वास्थ्यकर्मीसहित १७ शय्याको क्वारेन्टाइन तयार भएको प्रमुख जिल्ला अधिकारी खत्रीले जानकारी दिनुभयो ।

यसबाहेक जलेश्वरमा २० र पिपरामा१५ गरि ३५ शैयाको कोरेन्टाइन तयार छ । यसैगरि जिल्लाका सबै ९१५ वटै० स्थानीयतहमाक्वारेन्टाइन निर्माण गर्न आवश्यक समन्वयभइरहेको प्रजिअखत्रीले जानकारी दिनुभयो । यसैबीच क्वारेन्टाइन बनाउन ठाउँको खोजी भइरहेका बेला राजपा नेपालकी नेत्री तथा प्रतिनिधिसभा सदस्य निर्जला राउतले बर्दिबास–१४ मा आफुले सञ्चालन गर्दै आएको होटल पावन मिथिलाको भवन उपलब्ध गराइने बताउनुभएको छ । यसैगरी बर्दिबास–१४ स्थित होटल शुभसन्ध्या पनि आवश्यकतानुसार क्वारेन्टाइनका लागि प्रयोग गर्न सकिने होटल प्रबन्धक दीपक कार्कीले बताउनु भएको छ ।

सरकारले कोरोना सङ्क्रमण बढ्न नदिन गत मङ्गलबारदेखि एहप्ते ‘लकडाउन’ शुरु गरेसँगै बजार, यातायात बन्द गरिएका छन् । जिल्लाका ११ भारतीय सीमावर्ती नाका यसअघि गत आइतबार नै बन्द गरिएका छन् । सरकारले लकडाउन गरेयता व्यापार व्यवसाय रोकिएपछि बर्दिबास–१ का हर्कबहादुर तामाङले आफ्नो घरका १७ सटर ९व्यापार प्रयोजनका कोठा० को भाडा यो असर रहुञ्जेल नलिने बताउनुभएको छ ।

बर्दिबास उद्योग वाणिज्य सङ्घले गत आइतबार कोरोना सङ्क्रमण बढ्न नदिन बजार र व्यापार बन्द गर्ने निर्णय गरेसँगै घरधनीलाई भाडा मिनाहा गर्न आग्रह गरेपछि तामाङले यस्तो घोषणा गर्नुभएको हो । तामाङले आफ्ना १७ सटरबाट मासिक रु पाँच लाख भाडा लिँदै आउनुभएको थियो । यसैगरी अन्य घरधनीलाई पनि फराकिलो मन बनाउन सङ्घका अध्यक्ष प्रल्हाद क्षत्रीले आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार १२:२२