८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

बाग्मती प्रदेशको कोरोनाविरूद्धको कोषमा नेकपाका सांसदले १५ दिनको तलब दिने


१२ चैत, काठमाडाैँ । बागमती प्रदेश सरकारले स्थापना गरेको कोरोना रोकथाम तथा उपचार कोषमा नेपाल कम्युनिस्ट (नेकपा)का सांसदहरूले १५ दिन तलब उपलब्ध गराउने भएका छन । सरकारले कोषको घोषणा गर्दै मुख्यमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब कोषमा जम्मा गर्ने निर्णय लगत्तै नेकपा प्रदेश संसदीय दलले पनि यस्तो निर्णय लिएको हो ।

नेकपा बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक केशवराज पाण्डेले सबै सांसदले १५ दिनको तलब एक मुष्ठ रूपमा कोषमा जम्मा गर्ने निर्णय गरेको जानकारी दिए । उनले विश्वव्यापी रूपमा माहामारी बनेर फैलिरहेको कोरोनाबाट बच्न स्वास्थ्यकर्मीको सल्लाह मानिदिन पनि सम्पूर्ण नागरिकमा अनुरोध गरेका छन ।

बिश्वसमुदाय समक्ष चुनौतीका रुपमा रहेको कोरोना भाईरसलाई परास्त गर्न सरकारले गरेको आव्हानलाई कार्यन्वयन गर्नुको बिकल्प नभएको मुख्य सचेतक पान्डेले बताए । सरकारले गरेको निर्णयपुर्ण रुपमा पालना गराउन सहयोग गर्न प्रदेश सभा सदस्यहरुलाई पनि उनले आग्रह गरे । बागमती प्रदेश सभामा नेकपाका ८० सदस्यहरु रहेका छन ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार २१:२८