८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

तेस्राे काेराेना सङ्क्रमित ३२ वर्षिय युवक धादिङका भएकाे खुलासा, उनि कतारबाट नेपाल आएका थिए


१२ चैत, काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९)का तेस्रो संक्रमित व्यक्ति मार्च १९ (चैत ६) गते एयर अरेबियाको फ्लाइट नम्बर जी९५३७ बाट राति १०ः९ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको पाइएकाे छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बुधबार पत्रकार सम्मेलन गर्दै काेराेना संक्रमित उनि धादिङका ३२ वर्षका युवक भएको जानकारी दिएका हुन् ।

मन्त्री ढकालका अनुसार कोरोना संक्रमित युवक काठमाडौँ आएपछि एक होटलमा बसेका थिए र स्वास्थ्य असहज भएपछि मंगलबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगेका थिए ।

त्यहाँ संकलन गरिएको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो । उनको रिपोर्ट पोजेटिभ आएको हो ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार १६:५२