१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

फेरि नेपालमै अर्का कोरोना संक्रमित भेटिए


१२ चैत, काठमाडाैँ । नेपालमा अर्का एक जना कोरोना (कोभिड-१९) संक्रमित भेटिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाइको वेवसाइटमा अर्को कोरोना संक्रमित भेटिएको उल्लेख छ । यसअघि फ्रान्सबाट नेपाल अाएकी एक १९ वर्षीया युवतीमा कोरोनाको संक्रमण देखिएको थियो ।

अहिले संक्रमण देखिएका व्यक्ति नेपालका लागि तेस्रो हुन । वेवसाइटले कहाँको कसलाइ संक्रमण भएको भन्ने केही खुलाइएको छैन । यद्यपी संक्रमितको संख्या ३ बनाइएको छ । योसँगै अाइसोलेसनमा रहेका कोरोना संक्रमितको संख्या दुइ भएको छ भने एक जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्कि सकेका छन । केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा कोरोनाको लागि ६८७ जनाको नमुना परीक्षण गरे पनि अहिले सम्म ६८४ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ ।

सरकारको https://heoc.mohp.gov.np/ मा गएर तपाइ अाफूले पनि कोरोनाको अपडेट लिन सक्नुहुन्छ । 

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार १२:२८