७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

हामिले टेक्सासमा बसेर टेकुमा कोरोनाले मानिस मेरेको हल्ला फिंजाउने युवा उत्पादन गरेछौंः डा संग्राैला


-डा युवराज संग्राैला

केही यथार्थता जो अहिले सिकिदैंछ, अब यी यथार्थका बारेमा सोच्नु पर्ने बेला आएको जस्तो लाग्छ। पुरातन बिश्वब्यवस्थाले अब मानिसको संरक्षण गर्न सक्दैन भन्ने लाग्यो। हरारीको “होमो सेपियन्स” पुस्तक पढेपछि, हामिले इतिहासलाई कुरुप बनाएका रहेछौं भन्ने लागेको छ। केही कुरा यहाँहरु सङ्ग साझेदारी गरौं।

१. मैले स्कुल पढ्दा जब शिशु कक्षा शुरुभयो, एउटा लामो तख्तामा रातो माटो ढक्ढकाएर छेस्कोले लेख्ने शिकाइबाट पढाइ शुरु गरें। गुरुआमाले दिनभरी संगै बसेर सिकांउनुहुथ्यो। म अगाडीका कक्षामा बढ्दै गंए, नेपालको इतिहास, भूगोल, ज्यामिती, अल्जेब्रा, नेपाली साहित्य, अंग्रेजी, नीतिशास्त्र, कानुनी ज्ञान सिकाउने श्रेस्ता, सबै कक्षामा थपिदैं गए। म नेपाल र बिश्वका बारेमा थोरबहुत जान्ने मानिस भंए। तर २०२८ सालमा त्यो शिक्षा अचानक नंया शिक्षाका नाममा आएको भाइरसले सिध्यायो। तेसपछि, नेपालको शिक्षा निरन्तर बिदेशी योजनामा चल्यो। अहिले सम्म नेपाललाई दातृसंस्थाले २६८ अरब रुपैया सहायोग गरेछ्न र तेस्को २२ प्रतिशत शिक्षामा गएछ। तर हाम्रो शिक्षाको स्तर काहां छ?

२. निरन्तर परिबर्तन प्रकृतिको नियम हो, र हामिले पनि परिवर्तनलाई स्विकार्दै जानुपर्छ। तर फरक कुरा नै परिबर्तन भने हुंदैन। मैले शिकेको शिक्षामा नैतिकता थियो, बिज्ञान पूरा थिएन होला। नैतिक शिक्षालाई कायम गर्दै, बिज्ञान थप गर्नु पर्थ्यो होला। नैतिकताका नाममा रहेका अन्धविस्वासलाई हटाउंदै, समाजलाई प्रगतिशील बनाउनुपर्थ्यो होला।

तर हामिले देशको इतिहास, भूगोल, अर्थशास्त्र, गणित, नैतिक शिक्षा र साहित्यलाई सफाया गरिदियौं। आज हामी संङ्ग आफ्नो पहिचान छैन, हामी घोर स्वार्थी, उपभोक्तबादी, ब्यक्तिबादी, अवसरबादी र आराजक भिडमा परिणत भएका छौँ। मानिसका प्रवृत्ति हेर्दा हामी पढेका मानिस भएछौं, तर अशिक्षित र आज्ञानि पनि भएछौं। हाम्रो शिक्षा गलत रहेछ। यो बिदेशी पैसा र योजनाको शिक्षाले हाम्रो सर्बनास गर्ने छ, शाशकको बिचारधारा जेसुकै होस। यस्तो माहामारी रोगलाइ नियन्त्रण गर्न घरमा बस्नुहोस भन्दा नमान्ने नागरिकको यो मति बर्तामान शिक्षाको उत्पादन वा परिणाम हो भन्न नसक्नु पर्ने कारण छैन।

३. म गाउँमा पढ्थें। गाउँको स्कुल गाउँकै मानिस मिलि बनाएको राम्रो भवन थियो। खेलकुदका लागि मैदान थियो, खेलकुदका प्रतिस्पर्धा हुन्थे। स्कुल जब सम्म समुदायले चलाए, शिक्षामा भ्रष्टाचार थिएन। तर जव शिक्षा निजीकरण मात्रै होइन ब्यापारीकरण भयो, तेस्को परिणाम हाम्रो आँखा अगाडि छ। बिगत तीन बर्ष देखि प्रत्यक साल ४५००० विद्यार्थी बिदेश गएका छ्न पढ्न। प्रत्येक साल करिब ८० अरब रुपैया कम्तीमा नेपाली आम्दानी बिदेश गएको छ।

हामिले टेक्सासमा बसेर टेकु अस्पतालमा कोरोनाले मानिस मेरेको हल्ला फिंजाउने युवा उत्पादन गरेछौं। हातमा ६० हजारको मोबाइल आमाबाबुको आम्दानीबाट किनेर बिहान नौ बजे उठेर देशमा अवसर छैन भन्ने युवाको जमात सानो छैन। बर्तमान शिक्षाले देशप्रतिको जिम्मेवारी समाप्त पारेको रहेछ। जब मानिस आफ्नो परिवार, समाज, र देशप्रती गौरव नगर्ने ठाउँमा पुर्याइन्छ, त्यो समाजमा अराजकताको डरलाग्दो भाइरस लागेको हुन्छ, अनि त्यो कोरोनाबाट के तर्शिन्छ? हाम्रो शिक्षाले गुण होइन बैगुण शिकाएको रहेछ।

४. हाम्रा घरहरु अलिवरपर हुन्थे। गाइबस्तुका गोठ अलि पर हुन्थे। पानीका धारा मुहानबाट आंउथे। रैथाने गाइ, भैंसि, बाख्रा, भेडा आदि थिए। नेपालमा पनि बिफर र दादुराको प्रकोब आयो। संसारमा अधिक मानिस त्यस ब्याधीबाट मरे। तर नेपालमा सिमित मानिस मात्र मरे। चीन र भारतमा पनि प्लेग आयो। तर नेपालमा त्यस ब्याधीले मानिस मरेका थिएनन। त्यसका पछाडि कारणहरु रहेछ्न। हाम्रो बसोबास प्रणालीले सरुवा भाइरस रोक्दो रहेछ। बेलायती उपनिबेशले नेपालको जनसंख्यालाई उपनिबेस बनाएको थियो। सन १९१४ देखि १९४५ सम्म हाम्रा आठ लाख मानिस युद्धमा प्रयोग गर्‍यो। दस जानामा एकजाना मात्र देश फर्किए। दुई बिश्व युद्धमा दुइलाख त मारिए नै। तर पनि हाम्रो जनसंख्या रोगले कहिल्यै घटेन। नेपालले बिनासक ब्याधी सामना गर्नु परेन।

५. के कारण थिए? पहिलो त हाम्रो बातावरण हो, जो अहिले डोजर आतंकको सामना गरिरहेको छ। हाम्रा बस्तीहरु, जहाँ घरहरु आलि वरपर थिए। हाम्रो अन्नबाली, तरकारी, साग्पात र जडिबुटी हाम्रो शरीरलाई मिल्ने खालका थिए। जतिसुकै गरिबले पनि मकै, कोदो, स्थानीय धान, मस्याम, गहत, दाल र सागपात उत्पादन गरि खाने चलन थियो। २०२५ सालतिर बाट बिदेशी बिकासे बोका आए रैथाने बाख्रा सकिए। बिकासे आएपछि रैथाने गाई, भैंसी, भेडा सबै सकिए। किन र कसरी सकिए? आज गाउँहरु उजाड भए। हाम्रो बिकासका योजना कस्ले बनाए?

६. युभल नोह हरारी भन्छ्न, कृषि क्रान्ति भन्दा पहिलाका होमो सेपिएन्सले समाज निर्माण गरे। मिथकहरु निर्माण गरि मानिसलाई समुहमा राख्ने आधार निर्माण गरे, भाषा र संचारका प्रणाली निर्माण गरे। चिन्तन र मन्थनको क्रान्तिद्वारा आजको आधुनिक बिश्वको जग निर्माण गरे। उनिहरु दिनमा छ सात घन्टा खाना खोज्दथे। हरेक दिन फरक खाना खान्थे।

उनिहरु समुहमा बसेर मनोरञ्जन गर्थे। उनिहरु खुसीसङ्ग बांच्थे, भलै कतिबेला सिंहले मार्थ्यो थाह थिएन।तर हामी सङ्ग कति समय छ, आराम गर्ने? हाम्रो खाना त कुर्कुरे भैसक्यो। ती आदिम मानिस अहिलेका मानिस भन्दा बलिया, अग्ला र तन्दुरुस्त थिए। उनिहरुले गाइबस्तु पालेका थिएनन, तेसैले ब्याधीहरुका शिकार भएनन। जब मानिसले कृषि क्रान्ति गर्यो, उस्ले खाने कुरा सिमित भए। मानिसले गाइबस्तु पाले। ब्याधीले मानिस मर्ने लागे। तरपनि उनिहरु सङ्ग ब्याधीसङ्ग मुकाबिला गर्ने क्षमता थियोे र मानव जातीलाई मासिन दिएनन। आजको कथित बिकास औद्योगिक क्रान्ति पछाडिको पुजीवादको देन हो। यस्ले बिज्ञान त निर्माण गर्यो, तर मानिसले ७०,००० हजार बर्ष देखि बिकास गरेको मानव सभ्यता ध्वस्त पार्दै छैन?

६. मेरा हजुरबुबा र बाबुको जति बल र ज्ञान मसङ्ग छैन। मेरा हजुरबुबालाई गाउँको मात्र होइन जिल्ला भरीका मानिसका बारेमा थाह थियो, जनावरका बारेमा थाह थियो, बिरुवाका बारेमा थाह थियो, पुर्खाका नाम थाह थियो, कुन कुन ठाउँमा बसाइ सर्दै यहाँ आइपुगेको हो भन्ने इतिहास थाह थियो, नेपालको इतिहास थाह थियो, कुलोखन्ने प्रबिधि थाह थियो। अहिले हामीलाई के थाह छ? मेरा मेरा हजुरबुबाले औषधि नखाइ बांचें। हामी औषधिमा बांचिरहेका छौ। हामी सङ्ग ठूलो बाटो छ, मोटर छ, अस्पताल छ। तर आज म अस्पताल गएं भने डाक्टर डरांउछ्न। बिज्ञानले खोइ त युरोप र अमेरीका बचाको? मलाइ मेरो बिज्ञान प्रती आज भरोसा छैन।

७. के बिज्ञानको दोष हो? होइन, बिज्ञानको दुरुपयोग समस्या का रुपमा आएको हो। युरोपले मानिसलाई जातका आधारमा बिभाजीत गरेर, पुजीवादी बर्गीएताको निर्माण गर्ने उपनिबेशको माध्यमले दुइसय बर्षको अधिनायकवाद नचलाएको भए, आजको दुनियाँ फरक हुने थियो। यो मेरो भनाइ होइन, पश्चिमलाई स्वर्ग देख्नेहरुलाई चित्त दुख्ला। यो इड्वार्ड सैडको भनाइ हो, उनी अमेरिकी हुन। पश्चिमको अहंकार हो, भनी चोम्स्की भन्छ्न। हरारी पनि तेसै भन्छ्न। आज मानिस सभ्यताका नाममा असभ्य देखियो। युरोपको उपनिबेशि अधिनायकवाद नआएको हुदों हो त कथित रास्ट्रीयताको आन्दोलनले जन्म लिनुनै पर्ने थिएन। आज दुनियाँ रास्ट्रीयताले ओत्प्रोत छ। युरोपलाई चीनको प्रभावको डर छ। युरोपलाई एसियाको डर छ। किन, एसियामा आज रास्ट्रीयता मौलाएको छ? कारण, हिजो युरोपले दबायो। असभ्य ठान्यो। एसियाको औद्योगिकरण ध्वस्त पार्यो।

८. ठिकै छ, हिजो जे जे भयो। तर खोइ युरोपमा मानिस जोगाउने सामाजिक र आर्थिक ब्यबस्था आज? धन जति मुठीभर मानिसमा रहेछ। त्यो धन गरिबलाई काम लाग्दो रहेनछ। देश धनी छ। तर सरकार गरिब छ। उद्योग धनी छ, तर उस्को सामान बिदेश जान्छ, देशलाई काम लाग्दैन। अमेरिकामा भेन्टिलेटर छैन। सबै उद्योगले अस्तिनै बेचीसकेछ्न। यिनै देशप्रती गैरजिम्मेवार पुंजीपतिसङ्ग देशको अर्थतन्त्र छ।

९. हामिले यहि ढांचा हो शिक्ने अब? यस त्रासदीबाट सिकौं।

क. हामिले ठुला शहर बनाउनु नहुने रहेछ। ससाना थुप्रै शहर बनाउं। शहरहरुलाई स्वावलम्बी बनाउं।
ख. हामीले पहाड ध्वस्त पार्नु नहुने रहेछ। पहाडमै/गाउमै बसोबास ठिक रहेछ। हामिले प्रकृतिसङ्ग तालमेल गरेर बस्नु पर्ने रहेछ। हाम्रो बिकासको ढांचा आधुनिकता र प्रकृति संङ्गको ताल्मेल रहेछ। अब देशको बिकासको नंया ढांचाका बारेमा सोच्न थालौं।
ग. हिजो हाम्रो प्राङ्गारिकता कस्ले तोडिदियो? अब तेसबाटोमा हिडौं। अब बिदेश जान छोडौं। ब्याधी र दुख त तेहि रहेछ। आंखिर देशनै चाहिने रहेछ। सबै युवाहरु, अब उत्पादनमा लागौं।
घ. नवउदारवादले ल्याएको उपभोक्तावादले सकेको रहेछ हामिलाइ। अब यसबाट बाहिर आऔ।

यो ब्याधीपछाडि कसरी दुनियाँ आगाडि जाने होला? किसोर माभुवानीले र लि कवान युले भने जस्तै पश्चिम आफ्नो अहंकार र एकाधिकारवादको नितिलाइ पुनरावलोकन गर्न तयार भयो भने, दुनियाँ राम्रो हुनेछ। अन्यथा हामीले अब फरक तरिकाले बांच्न र समृद्ध हुन सिक्नु पर्छ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार ११:०९