४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

निजी क्षेत्रलाई कोरोना संक्रमणको उपचारमा चाहिने स्वास्थ्य उपकरण आपूर्ति गर्न सरकारकाे आह्वान


११ चैत, काठमाडौँ । कोरोना संक्रमणको उपचारमा चाहिने स्वास्थ्य उपकरण आपूर्ति गर्न सरकारले निजी क्षेत्रलाई आह्वान गरेको छ । मंगलबार बसेकाे कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बैठकले स्थानीय बजारमा उपलब्ध नभएका स्वास्थ्य उपकरण आपूर्ति गर्न निजी क्षेत्रलाई आह्वान गरेको हो ।


सरकारका प्रवक्ता एवं अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले बैठकपछि निश्चित दिनभित्र त्यस्ता उपकरण ल्याउन सक्नेहरुसँग समन्वय गरेर आपूर्ति सहज गर्ने निर्णय भएको बताए ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलवार १७:२०