६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

कोरोनाबारे भ्रम फैलाउने ७ वटा सञ्चारमाध्यम बन्द गराइयो, २० भन्दा बढीसँग स्पष्टिकरण सोधियो


९ चैत, काठमाडाैँ । प्रेस काउन्सिल नेपालले कोभिड–१९ बारे भ्रम र उत्तेजना फैलाने सामग्री प्रकाशन/प्रसारण गर्ने सात वटा सञ्चार माध्यम बन्द गराएकाे छ । काउन्सिलले नेपाल दूर सञ्चार प्राधिकरणलाइ पत्र लेखेर नेपालमा ती अनलाइन हेर्न नमिल्ने गरी बन्द गराएको हो । काउन्सिलका कार्यबहाक अध्यक्ष किशोर श्रेष्ठले १७ वटा अनलाइन,टिभी र पत्रिकासङ्ग काउन्सिलले पत्रकार आचारसंहिताविपरितका ती सामग्री हटाउन लगाउनुका साथै २४ घण्टे स्पस्टिकरण सोधेको र सात वटा अनलाइन् बन्द गराएको जानकारी दिए ।

यसअघि प्रेस काउन्सिल बोर्ड र सचिवालयको संयुक्त बैठकले कोरोना भाइरसबाट अधिकांश देश आक्रान्त बनिरहेका अवस्थामा केही मिडिया र सामाजिक सञ्जाल प्रयोगकर्ताबाट हल्ला र अनुमानका आधारमा लापरवाहीपूर्वक तथ्यहीन सूचना सम्प्रेषण हुने गरेको पाइएकाले त्यसो नगर्न अनुरोध गरेको थियो । तर काउन्सिलको अनुरोध विपरितका काम जारी राखेपछि सात वाटा अनलाइन बन्द नै गरिएको छ ।

बन्द गरिएका सञ्चारमाध्यममा कास्की खबर, नेपालीअनलाइन न्युज, मिडियामाइनेपाल लगायतका अनलाइन रहेका छन । त्यस्तैन्युज २४ र रिपोटर्स नेपाल लगायत लगायतका मिडियाले राखेको गलत सामग्री हटाउन लगाएर २४ घण्टे स्पष्टिकरण सोधिएको छ ।

काउन्सिलले नेपाल पत्रकार आचारसंहिता, २०७३ ९पहिलो संशोधन, २०७६० को ५ को दफा १४ को ‘पत्रकार तथा सञ्चारमाध्यमले व्यक्तिको स्वास्थ्य, महामारीलगायत जनस्वास्थ्यसँग सरोकार रहने विषयसम्बन्धी सामग्री पाठक, स्रोता वा दर्शकमा उत्तेजना वा निराशा उत्पन्न हुने गरी अतिरञ्जित तवरमा कोही, कसैका बारेमा पनि सम्प्रेषण गर्न नहुने बताएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलवार १६:३७