१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

जिम्बाब्वेमा कोरोनाकाे सङ्क्रमणबाट टिभी पत्रकारको मृत्यु


११ चैत, काठमाडाैँ । कोरोना भाइरसकाे सङ्क्रमणका कारण जिम्बाब्वेमा एक जना टेलिभिजन पत्रकारको मृत्यु भएकाे छ । कोरोना भाइरसका कारण जिम्बाब्वेमा मृत्यु हुने उनि पहिलो व्यक्ति पनि हुन् ।

३० वर्षिय पत्रकार जोरोरो माकम्बालाई कोरोनाकाे लक्षण देखिएपछि बिहीबार अस्पताल भर्ना गरिएको र सोमबार मृत्यु भएकाे जिम्बाब्वेका स्वास्थ्य मन्त्रीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलवार ११:१५