८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाले गरेको कोरोनाको परीक्षण विश्वसनीय र चित्तबुझ्दोः डब्लूएचओ


११ चैत, काठमाडाैँ । नेपालको केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाले गरेको कोरोना भाइरसको परीक्षण विश्वसनीय र चित्तबुझ्दो भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जनाएको छ । डब्लूएचओले नेपालको प्रयोगशालाले कोरोना भाइरसको परीक्षणमा सबै प्रक्रिया पूरा भएको भएको उल्लेख गरेको छ।

डब्लूएचओले मार्च १३ देखि २१ सम्म माइक्रोबायोलोजिस्ट डाक्टर जोनाथन एस्क्रोफ्टलाई खटाएर अनुसन्धान गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रहमा डब्लूएचओले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अध्ययन गरेको हो । डब्लुएचओले केही सुधारको सिफारिससहित डाक्टर जोनाथनले तया पारेको प्रतिवेदनसहित मन्त्रालयलाई पत्र लेखेको छ।

डब्लूएचओले परीक्षणका सबै प्रक्रिया गुणस्तरीय भएको पनि उल्लेख गरेको छ । डब्लूएचओले जनस्वास्थ्य प्रयोगशालाले रिपोर्टहंरु तथ्यगत हिसाबले विश्लेषण गरेको पनि जनाएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलवार १०:०३