८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

कोभिड-१९ विरूद्धको कोषमा नेकपाका सबै सांसदले आधा महिनाको तलब दिने


११ चैत, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यले सबैले आधा महिनाको तलब कोभिड-१९ विरूद्धको सरकारी कोषमा दाखिला गर्ने भएका छन । नेकपाको राष्ट्रियसभा दलका सचेतक खिमलाल भट्टराइले सामाजिक सञ्जाल फेसबुक मार्फत आधा महिनाको तलब दिने निर्णय भएको जानकारी दिएका छन । उनले लेखेका छन ‘राष्ट्रिय सभा र प्रतिनिधि सभा नेकपा संसदीय दलको तर्फबाट सांसदहरुको आधा महिनाको तलव कोरोना विरुद्धको सरकारी कोषमा उपलब्ध गराउने ।’

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलवार ०७:३३