१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

माछापुच्छ्रे बैंकको सीईओमा सन्तोष कोइराला नियुक्त


१० चैत, काठमाडाैँ । माछापुच्छ्रे बैंकको सीईओमा सन्तोष कोइराला नियुक्त भएका छन् । बैंकको संचालक समितिको ४१७ औं बैठकले प्रमुख कार्यकारी अधिकृत पदमा सन्तोष कोइरालालाई नियुक्त गरेको हाे । कोइरालालाई आगामी वैशाख १ देखि लागू हुनेगरी ४ वर्षको कार्यकालका लागि नियूक्त गरिएको बैंकले जनाएको छ ।

हाल उनी यस बैंकमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन्। विगत ७ वर्षदेखि यस बैंकमा कार्यरत कोइरालासँग समग्र बैकिङ्ग क्षेत्रको २१ वर्षको अनुभव छ ।

त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका उनले नेदरल्याण्डको इरासमस यूनिभर्सिटीबाट “एड्भान्स म्यानेजमेन्ट एण्ड लिडरसिप प्रोग्राम”मा डिप्लोमा गरेका छन् । बैंकका हाल १५९वटा शाखा, ५ वटा एक्टेन्सन काउन्टर, १४८ वटा शाखारहित बैकिङ्ग सेवा तथा १९६ एटिएमबाट सेवा उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार २०:४८