१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

कोभिड-१९ पोजेटिभ देखिएकी युवती सवार विमानका सबै यात्रुको कोरोना परीक्षण गरिने


१० चैत, काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य अपातकालिन तथा विपत व्यवस्थापन इकाईले कोरोना भाइरस (कोभिड-१९) संक्रमित युवती सवार विमानका सबै यात्रुको खोजी गरी तत्काल कोरोना परीक्षण गर्न इपिडिमियोलोजी तथा रोक नियन्त्रण महाशाखालाई निर्देशनात्मक पत्राचार गरेको छ ।

फ्रान्सबाट नेपाल फर्किएकी एक युवतीमा कोभिड-१९ को संक्रमण पाइएपछि स्वास्थ्य अपातकालिन तथा विपत व्यवस्थापन इकाईले विमानमा सावार अन्य यात्रुको पनि कोरोना परीक्षण गराउन निर्देशन दिएको हो । गत ४ चैतमा फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल भित्रिएकी १९ बर्षीया युवतीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि केन्द्रले यस्तो निर्देशन दिएको हो इकाइले २४ घण्टा भित्र कार्यप्रगति विवरण उपलव्ध गराउन समेत निर्देशन दिइएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार २१:३६