१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

चितवनको खैरहनीमा व्यवसायीको सटर भाडा मिनाहा, चैत महिनाको भाडा नलिने अभियान नै चल्दै


-प्रदिप घिमिरे
१० चैत, चितवन । पूर्वी चितवनको खैरहनी पर्सा बजारमा ब्यवसायीक सटर भाडामा लगाउने सञ्चालकले ब्यबसाय गर्ने ब्यवसायीसंग एक महिनाको भाडा नलिने घोषणा अभियान सुरु गरेका छन् । खैरहनी नगरपालिका वडा नम्बर ८ रेडक्रस मार्ग अन्तर्गत पर्ने पाथीभारा कम्लेक्सका सञ्चालक सहित उद्योग बाणिज्य संघ खैरहनीका अध्यक्ष्यले चालु चैत महिनाको सटर भाडा नलिने घोषणा गर्नु भएको हो ।

चालु महिना सुरु भएसंगै ब्यवसायीहरु कोरोना त्रासका कारण ब्यपार नहुदा मर्कामा छन पाथिभारा कम्लेक्सका सञ्चालक अनिल श्रेष्ठले भन्नुभयो केहि राहत हुन्छ भन्ने ठानेर ब्यवसायीको हितमा हामीले यो निर्णय गरेको हौं ,घरभाडा मिनाहा गर्नेघरधनीहरुको सो कदमको पर्साका ब्यपारीहरुले स्वागत गरेका छन् ।

यस्तै उद्योग बाणिज्य संघ खैरहनीका अध्यक्ष चन्द्र सापकोटाले कोरोना त्रासका कारण ब्यवसाय धरासायी भएको अवस्थामा सो कदम निकै स्वागत योग्य रहेको प्रतिक्रिया दिदै पर्साको चौबीसकोठी चोकमा आफुले ब्यवसायीक सटरमा लगाएको घरको घरभाडा पनि एक महिनाको लागी मिनाहा गर्ने उद्धघोष गर्नुभयो । ग्रेट न्युज संग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष सापकोटाले भन्नुभयो नगर भित्रका ब्यवसायीक सटर भाडामा लगाउनुहुने घरबेटीहरुले यस्ता कार्यको सिको गर्न आवश्यक देखीएको छ ।

भाडा छुटको निर्णयपछि एक जना व्यवसयसीको प्रतिक्रिया तल हेर्न सक्नुहुन्छ ।

आफुले सके जती भाडा दरमा समायोजन गरीदिए मर्कामा परेका व्यवसायीलाई केहि राहत मिल्छ अध्यक्ष सापकोटाले भन्नुभयो । यस्तै पर्सा बजारमा ब्यवसाय गर्दै आउनुभएका ब्यवसायी राम भट्टले भन्नुभयो घरभाडामा दिने हरुले सुरु गर्नुभएको कदम स्वागत योग्य रहेको भन्दै आभार ब्यक्त गर्नु भएको छ ।

यस्ता सहयोगी मन भएका घरवेटी हरुका कारण मारमा परेका ब्यबसायीलाई थोरै भएपनि राहत पुग्ने छ ब्यबसायी भट्टले भन्नुभयो । पाथिभारा कम्लेक्सलाई श्रेष्ठ सहित , रसिक पाण्डे , सागर अधिकारी र बासु डल्लाकोटले लिजमा लिएर भाडामा दिनुभएको हो । सो कम्लेक्समा १४ वटा ब्यवसायीक सटर भाडामा रहेका छन् ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार ०८:३१