१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नेपाल बैंकका कर्मचारी र ग्राहकले न्यूरो कार्डियो हस्पिटलमा उपचार गराउँदा १५ प्रतिशत छुट पाउने


९ चैत, काठमाडाैँ । नेपाल बैंकका कर्मचारी र ग्राहकले न्यूरो कार्डियो हस्पिटल मल्टिस्पेसीयिलटी हस्पिटल प्रालि विराटनगरमा उपचार गराउँदा १५ प्रतिशत छुट पाउने भएका छन । कर्मचारी र ग्राहकले अस्पतालको सेवामा छुट पाउनका लागि कार्ड तथा मोबाइल बैंकिङ मार्फत भुक्तानी गर्नुपर्ने नेपाल बैंक लिमिटेडका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिएका छन ।

अधिकारीका अनुसार सेवामा छुट पाउने विषयको सम्झाैता पत्रमा बैंकका तर्फबाट बजारअड्डा शाखाका शाखा प्रबन्धक योगेश भट्टराई र अस्पतालको तर्फबाट अपरेशनल संचालक राजेश भट्टराईले हस्ताक्षर गरेका छन । नेपाल बैंकका प्रदेश १ का प्रमुख उज्जवलराज गाैतमको उपस्थितिमा सम्झाैतामा हस्ताक्षार हुन । सम्झाैता अनुसार २०७७ चैत २ गतेसम्म कर्मचारी र ग्राहकले यो सुविधा प्राप्त गर्नेछन ।

नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेडले देशको ६३ जिल्लामा रहेका १७८ वटा शाखाहरु, २६ बटा एक्सटेन्सन काउन्टर तथा ११९ वटा एटिएम मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । आगामी आर्थिक वर्षभित्र सबै जिल्लाहरुमा शाखा सञ्जाल पुर्याउने लक्ष्यका साथ बैंकले काम गरिरहेको छ ।

 

प्रकाशित मिति : ९ चैत्र २०७६, आईतवार ०८:३४