८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

आईपीएल क्रिकेटः रोयल च्यालेन्जर्स बैंग्लोरद्वारा किंग्स इलाभेन पन्जाब १० विकेटले पराजित


१ जेठ, काठमाडौँ । आईपीएल क्रिकेटको गएरातिको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले किंग्स इलाभेन पन्जाबलाई १० विकेटले पराजित गरेको छ । पन्जाबले दिएको ८९ रनको लक्ष्य बैंग्लोरले ८ ओभर १ बलमै भेटाएको हो ।

खेलमा कप्तान विराट कोहलीले ४८ र पार्थिव पटेलले ४० रन बनाए । यसअघि टस हारेर पहिले व्याटिङ गरेको पन्जाबले १५ ओभर १ बलमा ८८ रनमा अलआउट भएको थियो । आरोन फिन्चले सबैभन्दा धेरै २६ रन बनाए ।

प्रकाशित मिति : १ जेष्ठ २०७५, मंगलवार ०८:११