Logo

कोभिड–१९ विरुद्धको तयारीका लागि नेपाल सरकारलाई जर्मनीद्वारा १० लाख युरो अनुदान



८ चैत, काठमाडौँ । काभिड–१९ विरुद्धको तयारी तथा आपत्कालीन प्रतिकार्यका लागि जर्मनीले १० लाख युरो अनुदानस्वरुप नेपाल सरकारलाई उपलब्ध गराउने भएको छ ।

जर्मनी सरकारको सहयोगमा नेपालमा सञ्चालित स्वास्थ्य क्षेत्र कार्यक्रमलाई सघाउन उक्त रकम प्रदान गरिएको यहाँस्थित सङ्घीय गणतन्त्र जर्मनीको राजदूतावासले जनाएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार ०७:५८
प्रतिक्रिया दिनुहोस्