१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा डा भुसालको कार्यभार शुरु


७ चैत, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा नियुक्त प्रा.डा शिवलाल भुषालले आजदेखि कार्यभार शुरु गर्नुभएको छ । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय ऐन २०४९ को दफा १९ को उपदफा (१) बमोजिम प्रा डा भुसाललाई यही चैत ६ गते नियुक्त गर्नुभएको थियो ।


शिक्षाध्यक्षको पदावधि ४ वर्षको हुनेछ । ढाकावाङ– ९, अर्घाखाँचीमा जन्मनुभएका प्रा डा भुसाल यसअघि मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डीन हुनुहुन्थ्यो । उहाँले अर्थशास्त्रमा विद्यावारिधि गर्नुभएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार १७:२३