८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

उत्तरी अफगानिस्तानमा विस्फोट, ८ जनाको मृत्यु २२ घाइते


७ चैत, अफगानिस्तान । अफगानिस्तानको उत्तरी प्रान्त तखारमा विस्फोटक पदार्थ विस्फोटमा परी आठ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २२ जना घाइते भएका प्रान्तीय सरकारका प्रवक्ताले शुक्रबार जानकारी दिएनु भएको छ । मारिएका व्यक्तिहरुमा दुई सर्वसाधारण र ६ तालिबानी लडाकू रहेका छन् । प्रान्तीय राजधानी तालुकानको बाहिरी इलाकामा स्थानीय समयाअनुसार बिहीबार साँझ ६ः३० बजे सो विस्फोट भएको प्रान्तीय सरकारका प्रवक्ता अब्दुल खालिलले सिन्हवा समाचार समितिलाई जानकारी दिनु भएको छ । व्यस्त सडक इलाकालाई लक्ष्य गर्दै तालिबानी लडाकू समूहले सो विस्फोटक पदार्थ बोकेर हिडेका जनाइएको छ ।

उक्त विस्फोटमा परी घाइते भएका दश सर्वसाधारणमा केही बालबालिका समेत रहेका समाचारमा जनाइएको छ । अफगानिस्तानका तालिबान लडाकू समूहले सुरक्षाबललाई लक्ष्य गर्दै घरमा निर्माण गरिएका बमलगायत अन्य विष्फोटक पदार्थहरू विस्फोटन गराउदै आएका छन् । यस्ता आक्रमणहरुबाट बारम्बार सर्वसाधारणलाई हानी पु¥याउँदै आएको पाइन्छ । गत वर्ष भएका विस्फोटक पदार्थ विस्फोटमा परी ८ सय भन्दा बढी नागरिक मारिनुको साथै २ हजार ३३० घाइते भएका छन् ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार १७:११