६ बैशाख २०८१, बिहीबार | Fri Apr 19 2024

सरकारको निर्देशन विपरीत प्रवेश परीक्षा लिने सेन्ट जेभियर्सलाई नतिजा रोक्न निर्देशन


७ चैत, काठमाडौँ । सरकारको निर्देशन विपरीत प्रवेश परीक्षा लिने सेन्ट जेभियर्स स्कुललाई प्रवेश परीक्षाको नतिजा रोक्न सरकारले निर्देशन दिएको छ । शिक्षा विकास समन्वय इकाइ, ललितपुरका प्रमुख योगेन्द्रप्रसाद बरालले नतिजा रोक्न निर्देशन दिइसकेको र अटेर गरे कानुनी कारबाही गरिने जानकारी दिए ।

 

सेन्ट जेभियर्स स्कुलले सरकारको निर्देशन विपरीत कक्षा १ मा छात्र तथा छात्राको भर्नाका लागि प्रवेश प्रवेश लिइएको थियो । काेरना संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले चैत मसान्तसम्म बालविकास केन्द्रदेखि विश्वविद्यालयमा कुनै पनि शैक्षिक गतिविधि नगर्ने निर्देशन दिएको थियो ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार १६:५३