८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

भारतमा चार जना बलात्कारीलाई झुण्ड्याएर फाँसी दिइयो, सामाजिक सञ्जलमा प्रशंशा


७ चैत, काठमाडाैँ । सन् २०१२ मा निर्भयाको सामूहिक बलात्कारमा संलग्न चार जना दोषिलाई शुक्रबार भारतमा फाँसीको साजयँ दिइएको छ । सात वर्ष लामो कानुनी सुनुवाइ पछि उनीहरूलाई विहान ५ः३० बजे झुण्डाएर फाँसी दिइएको भारतीय समाचार संस्था पिटीआईले जनाएको छ ।


उनीहरूले सात वर्ष अघि एक २३ वर्षीया छात्रालाई बसमा सामूहिक बलात्कार पछि निर्ममतापूर्वक हत्या गरेका थिए । सो घटनामा संलग्न मुकेश सिंह, पवन गुप्ता, बिनय शर्मा र अक्षयकुमार सिंहलाई दोषि ठहर गर्दै तिहाड जेलमा फाँसीको सजाय दिइएको हो । भारतको यो निर्णयको सामाजिक सञ्जलमा व्यापक प्रशंशा भएको छ । नेपाली र भारत दुबै देशमा यो साँजाएको विषयलाइ लिएर प्रशंसा भएको हो ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार ०७:२७