१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

‘सरकारको सबैखालको पहल सकारात्मक छ, कोरोनाबाट आफू बचौँ र अरुलाई पनि बचाउँ’


६ चैत, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ एवं संसदीय दलकी सचेतक शान्ता चाैधरीले सरकारले कोरोना भाइरसको रोकथामका लागि सरकारले सकारात्मक पहल गरिरहेको भन्दै सहयोगका निम्ति आम नागरिकमा अपिल गरेकी छिन । बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत नेतृ चाैधरीले कोभिड-१९ कोरोनाले विश्वव्यापी आतंक सृजना भएको बेलामा सरकारले गरेका सबैखाले प्रयास सराहनीय भएको उल्लेख गरेकी छिन ।

उनले सबै एकजुट बनेर आफू बाच्ने र अरुलाई पनि बचाउँने काममा लाग्नु पर्ने बताएकी छिन । चाैधरीले भनेकी छिन ‘यतिबेला कोभिड-१९ कोरोनाले विश्वव्यापी आतंक सृजना गरेको छ । आजका दिनसम्म नेपाल सुरक्षित हुनु अत्यन्तै सुखद पक्ष हो । आपतकालीन अबस्थामा हामी सबै नेपाली एकताबद्ध भएर कोरोना भाईरससँगको युद्ध जित्नु छ । त्यसैले एकजुट बनौं , आफू बचौं र अरुलाई पनि बचाउँ । सरकारको सबैखालको पहल सकारात्मक छ , निर्णय उचित छ , सबैले साथ दिउँ । सम्पुर्ण व्यवसायीहरुलाई पनि आग्रह छ , मान्छेको जीवनसँग खेलवाड गरेर धन आर्जन गर्ने सोच नराख्नु, किर्तिम अभाव सृजना गरेर जनतालाई सास्ती नदिनु ।’

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार १०:५५