८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

प्रथम नुवाकोट गोल्डकपका लागि विदुर ४ का अध्यक्ष एक्लैकोे एक लाख सहयोग


३१ वैशाख, नुवाकोट । प्रथम नुवाकोट गोल्डकप फुटबल प्रतियोगिताका लागि विदुर नगरपालिका वडा नम्बर ४ का अध्यक्षले एक लाख रुपैयाँ नगद सहयोग गर्ने भएका छन । जेठको १७ देखि २६ गतेसम्म जिल्ला खेलकुद विकास समिति र एन्फा नुवाकोटले अयोजना गर्न लागेको प्रतियोगिताका लागि वडा अध्यक्ष टलकमान श्रेष्ठले एक लाख रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको एन्फा नुवाकोटका उपाध्यक्ष उद्धव पनेरुले जानकारी दिए ।

उनले नुवाकोट गोल्डकप सफल पार्नका लागि सबै क्षेत्रका व्यक्तिको साथ र सहयोगको अपेक्षा गरिएको पनि बताए । यसअघि वैशाख २९ गते प्रथम पुरस्कारका लागि बेलकोटगढी नगरपालिकाले प्रायोजन गर्ने प्रतिवद्धता जनाएको थियो । पनेरुका अनुसार बेलकोटगढीले प्रतियोगिताको पहिलो पुरस्कारका लागि पाँचलाख र पहिलो हुने टिमलाई उपलब्ध गराईने ट्रफी र पदकसहित छलाख पचासहजार रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको थियो ।

प्रतियोगितामा राष्ट्रिय स्तरका मनाङ् मर्स्याङ्दि, थ्रि स्टार, आर्मि क्लव, पुलिस, एपीएफ, नुवाकोट–११ रुपन्देही–११, पोखरा–११ लगायत १० टिमले सहभागिता जानउँदैछन ।

यसरी तयार हुँदैछ मैदान 

प्रकाशित मिति : ३१ बैशाख २०७५, सोमबार १५:२७