१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

अमेरिकन आइडलमा दिवेशले दिए अर्को उत्साहजनक प्रस्तुती (भिडियाेसहित)


४ चैत, एजेन्सी ।  नेपाली गायक दिवेस पोखरेलले अर्को उत्साहजनक प्रस्तुती दिएका छन् । अमेरिकी आइडलमा दमदार प्रस्तुती दिएर चर्चामा आएका दिवेशकाे दाेस्राे प्रस्तुतीले पनि जज र उपस्थित दर्शकहरुको मन जितेको छ ।

अमेरिकन आइडलकाे आधिकारिक युटुब च्यानलमा राखेको भिडियोमा दिवेश अडिसनमा छनोट भएपछि लस एन्जलसको हलिउड पुगेको देख्न सकिन्छ । जहाँ उनले अर्का एक प्रतिस्पर्धीलाई आफ्नो परिचय दिँदै आफू सगरमाथाको देश नेपालबाट आएको भनेका छन् । उनले लस हलिउडमा आफ्नो अनुभव सुनाउँदै सबै चमकदार र हिराजस्तै सुन्दर भएको बताएका छन् ।

दिवेशले पहिले जसरी नै गितार बजाउँदै ‘हार्ड टु ह्यान्डल’ नामक गीत गाउन सुरु गर्छन् र जजहरुलाई आश्चर्यमा पार्छन् ।उनकाे प्रस्तुती पूरा भइसकेपछि पनि सबैले ‘मोर मोर’ भनि उनलाई अझै गाइरहन भन्छन् । जसकारण उनले थप केहीबेर गाउँछन् । जजहरुले दिबेसको प्रस्तुतीले विश्वचर्चित गायक बब मार्लीको याद दिलाएको उनको प्रशंसा गरेका छन् ।

दिवेश हाल अमेरिकाको क्यान्सस राज्यको विचिटामा पाँचवर्षदेखि बस्दै आएका छन् ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलवार ०९:१६