१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

सरकारविरूद्ध समाचार लेख्न कागज बाँड्ने कृष्णमुरारी र टीकारामले यसरी डुबाउँदैछन गोरखापत्र


२ चैत, काठमाडौँ । मुलुककै पुरानो गोरखापत्र संस्थान यतिखेर अनेक चलखेलको शिकार बन्न पुगेको छ । संस्थानभित्रबाटै कागज हरायो । महिनौँपछि थहा भयो सरकारविरूद्ध समाचार लेख्नका लागि नीति नियम सबै कुल्चेर १० टन कागज नगरिक दैनिकमा पठाइएको रहेछ । गोरखापत्र कुनै पनि नियम, विनिय र कार्यविधिले त्यसरी नागरिक दैनिकलाई कागज दिने अधिकार दिएको छैन । तर उनीहरूले दिए । आम नेपाली जनताले कर तिरेको पैसाबाट सरकारले अनुदान दिएर चल्ने गोरखापत्रमा यस्तो प्रवृति जन्माउने र विकास गर्ने काममा नेतृत्वदायी भूमिका निर्वाह गर्ने गोरखापत्र संस्थानको कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारी र व्यवस्थापन सल्लाहकारको नियुक्ति लिएर प्रशासन चलाइरहेका टीकाराम राई हुन ।

तस्बीरः गोरखापत्र संस्थानको कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारी र व्यवस्थापन सल्लाहकारको नियुक्ति लिएर प्रशासन चलाइरहेका टीकाराम राई ।

आइतबार विरलै हुने घटना गोरखापत्रमा देखियो । गोरखापत्र दैनिकको दुइ पाना गायब पारेर नयाँ पत्रिकाको पृष्ठ छापियो । गोरखापत्र स्रोतका अनुसार यसको मुख्य दोषी हुन भण्डारी र राई हुन । गोरखापत्रको पृष्ठ ४ र १३ मा गोरखापत्रको सामाग्री नभएर नयाँपत्रिका दैनिकको सामग्री छापियो । यस विषयमा अहिलेसम्म नेतृत्व चुप बसेको छ । कुनै प्रतिक्रिया जनाएको छैन ।

प्रदेश नम्बर ५ को कोहलपुरबाट क्षेत्रीय संस्करण प्रकाशन आरम्भ गरेको गोरखापत्रले तीन प्रदेशलाई केन्द्रमा राखेर समाचार सामग्री प्रकाशन गर्छ । कोहलपुरमा राज्यको सञ्चारसंस्था भनेर चिनिएको पत्रिका नयाँपत्रिकाको प्रेसमा लगेर छापिन्छ । गोरखापत्र स्रोतका अनुसार यसरी नयाँ पत्रिकाको प्रेसमा लगेर पत्रिका छाप्ने निर्णय गर्ने पनि भण्डारी र राई नै हुन ।

आइतबार त्यसैको असर गोरखापत्रको प्रिन्ट संस्करणमा देखियो । गोरखापत्रको दुई पृष्ठ गायब भयो र नयाँ पत्रिकाको पृष्ठ छापियो । गोरखापत्रको सम्पादकीय र विचार पृष्ठ गायव भयो । यसरी सम्पादकीय नै गायव भएर पत्रिका छापिएको गोरखापत्रकै इतिहासमा शायद यो पहिलो घटना हो । यद्यपी यस विषयमा गोरखापत्रको व्यवस्थाले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन । गोरखापत्र गायब पारेर नयाँपत्रिकाको समाग्री छापिएको पत्रिका तल हेर्न सक्नुहुन्छ । 

नैतिकता भए राजिनामा 

गोरखापत्र दैनिकको सम्पादकीय पृष्ठ नै गायब गरेर अर्को प्रतिस्पर्धी सञ्चारमाध्यमको पृष्ठ छापिदाँ व्यवस्थापनको जिम्मेवारी लिनेले नैतिकको आधारमा राजिनामा दिनुपर्ने हो । तर अहिलेसम्म अध्यक्ष र व्यवस्थापन सल्लाहकार दुबैले कुनै प्रतिक्रिया जनाएका छैनन् । न त आन्तरिक रूपमा छानविन प्रक्रिया अघि बढाएका छन । आफ्नो जिम्मेवारीमा रहेको विषयमा यो हदको कमजोरी हुँदा नैतिकताको आधारमा राजिनामा दिने प्रचलन रहेको छ ।

महिलामाथि कार्यस्थलमा हिंसा 

भण्डारी चुप बस्ने र राईले गोरखापत्र संस्थानका कर्मचारीमाथि अन्यायपूर्ण तरिकाले हेप्ने र दूर्व्यवहार गर्ने गरेको विषय गोरखापत्रका लागि अब नौलो होइन । गोरखापत्रका पत्रकार र कर्मचारीले गोठालाको जस्तो गाली खाने गरेका छन । कार्यालयभित्र कुनै अनुशासन र सम्मान भन्ने छैन । संस्थानमा कार्यरत केही महिला कर्मचारीमाथि व्यवस्थापन सल्लाहाकार राईले अध्यक्षको संरक्षणमा यस्तो गतिबिधि जारी राखेका हुन । महिला कमर्चारीले सञ्चारिका समूहदेखि सञ्चारमन्त्रालय सम्म गुहारे तर न्याय पाएनन् ।

कार्यस्थलमा दूर्व्यवहार भएको विषयमा केही महिला कर्मचारीले सञ्चारिका समूहमा दिएको उजुरी ।

महिलामाथि कार्यस्थालमा हुने हिंसा गम्भीर प्रकृतिको अपराध हो । तर पीडित कर्मचारीलाई न्याय दिन महिला पत्रकारहरूको संस्था सञ्चारिका समूहले न केही गर्यो न त सञ्चार मान्त्रालयले नै केही गर्यो । जहाँजहाँ उजुरी पर्यो त्यो त्यही गायव बन्यो । राईले कर्मचारीलाई मुख छाडेर गाली गर्ने गरेको अधिकांशको गुनासो छ । गोरखापत्र संस्थानमा काम गर्ने पूव एमाले निकटका कर्मचारी सबैभन्दा बढी पीडित बनेका छन । भण्डारी र राईले छानीछानी उनीहरूलाई नै निशानामा बनाएर पेल्ने गरेको कर्मचारीहरूको गुनासो छ ।

व्यवस्थापन बिग्रिए पनि सामग्रीमा सुधार 

गोरखापत्र दैनिकले केही अघिसम्म पनि सरकारको मुखपत्रको उपमा पाउँथ्यो । तर सम्पादकीय नेतृत्वमा सल्लाहकार सम्पादकको रूपमा गोपाल खनालको प्रवेश भएपछि समाग्रीमा भने धेरै सुधार देखिएको छ । अहिले अन्य दैनिक पत्रिकाको तुलनामा गोरखापत्र अब्बल देखिएको छ । विस्तारै पठनीय पनि बन्दै गएको छ ।

यो पनि पढ्नुहोस् 

-गोरखापत्र संस्थानको १० टन कागज हरायो, नयाँ नेपालको प्रभावकारिता जाँच्ने नाममा १९ लाख स्वाहा

-गोरखापत्रका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारी रिपोर्टरको कोटामा राष्ट्रपतिसँगै विदेश

-आर्थिक वर्षको अन्त्यमा पनि गोरखापत्रमा कांग्रेस कार्यकर्ताको भर्ति रोकिएन, अध्यक्ष मुकदर्शक

-कागज खरिदमा भ्रष्टाचार गरेका गोरखापत्रका महाप्रबन्धक बसन्त उपाध्याय दोस्रो पटक बर्खास्त

प्रकाशित मिति : २ चैत्र २०७६, आईतवार १३:५६