७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

तनहुँका व्यवसायीमाथि कुटपिट गरेको अभियोगमा लोक गायक प्रकाश कुटवाल थुनामा


३० फागुन, चितवन । व्यवसायीमाथि कुटपिट गरेको अभियोगमा पक्राउ परेका लोक गायक प्रकाश कटुवाललाई जिल्ला अदालत तनहुँले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ ।

कटुवाल तनहुँको बन्दीपुर गाउँपालिकास्थित डुम्रेका होटल व्यवसायी लालकाजी गुरुङमाथि आक्रमण गरेको अभियोगमा पक्राउ परेका थिए । अदालतकाे आदेशपछि गायक कटुवाललाई कारागार चलान गरिएको हाे । कटुवालविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरिएको छ ।

फागुन २ गते पोखरा जाने क्रममा गायक कटुवालकी श्रीमतीले डाँफे होटल अगाडि वान्ता गरेपछि सोही निहुँमा होटल सञ्चालक गुरुङ र गायक कटुवालबीच सामान्य भनाभन भएको थियो । सोही दिन साँझ घरमा खाना खाई बसेका व्यवसायी गुरुङलाई मोटरसाईकलमा आएका दुई जना व्यक्तिले एक्कासी रडले आक्रमण गरेपछि सख्त घाइते भएका थिए ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार २०:०८